कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, ०८ : ४४
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बस्दैछ । 

बैठक बिहान १०ः३० बजे समितिको सभाकक्ष, संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।