केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: विद्या भण्डारी

सफल खबर संवाददाता

मंगलबार, १६ माघ २०८०, १५ : ३१
केपी ओली समकालीन राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता: विद्या भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समकालीन नेतामा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सर्वाधिक प्रतिभाशाली भएको टिप्पणी गरेकी छिन् । राजनीतिका साथै कला, साहित्य, विज्ञान तथा धर्म र दर्शनमा गहन ज्ञान भएका ओली प्रेरणाको स्रोत भएको उनले बताइन् । 

 

ओलीका सम्बोधन समेटेर प्रकाशित भएको पुस्तक ‘संसद्मा केपी शर्मा ओली’को मंगलवार काठमाडौंमा विमोचन गर्दै भण्डारीले समकालीन नेतामा ओली पृथक पहिचान भएको नेता भएको बताएकी हुन् । 

 

‘केपी शर्मा ओलीज्यू समकालीन नेतामा पृथक पहिचान बनाउनु भएको नेता हुनुहुन्छ, सर्वाधिक प्रतिभाशाली नेताको रुपमा उच्च स्थान प्राप्त गर्न सफल एमालेको अध्यक्ष र प्रधामनन्त्री भइसकेको व्यक्ति हुनुहुन्छ,’ भण्डारीले भनिन्। ,

‘राजनीतिका साथै कला साहित्य, धर्म गहन ज्ञान भएको नेता हुनुहुन्छ । सघन अध्ययन र लामो संघर्षले खारिनु भएका नेता हामी सबैका प्रेरणा र ज्ञानको स्रोत हुनुहुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस