काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने भएको छ । त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो ।
केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालन’bout पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ। अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ। त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।
सूचना अपूर्ण वा गलत भएमा सम्बन्धित विद्यार्थीलाई जानकारी गराइने र पुनः अपलोड गर्न सक्ने व्यवस्था हुने कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्यो
त्रिविविसम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो
त्रिविले अंग्रेजी र नेपाली दुवै भाषामा सोध्न थाल्यो प्रश्नपत्र
त्रिभुवन विश्वविद्यालयका १४ हजार विद्यार्थी दीक्षित
स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि