चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेश सरकारको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १५ : २३
चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने बागमती प्रदेश सरकारको निर्णय

हेटौंडा। बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।​बिहीवार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी  निर्देशिका २०८० समेत स्वीकृत गरेको हो ।

 

यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

तीसँगै बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस