काठमाडौ । आफूले पढाउँदै आएकी किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा सर्लाही प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ।
हरिवन नगरपालिका- ११ घर भइ हरिवन- १० क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
घरमा कोही नभएको मौका छोपेर गएको बुधबार किशोरीको घर पुगेका कार्कीले किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। किशोरीले प्रतिवाद गरेपछि घटना बाहिरिएको हो।
पीडित पक्षको उजुरीको आधारमा कार्कीलाई पक्राउ गरेर बिहीबार सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ