विराटनगर । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रियसभा चुनावमा राप्रपासँग गरेको तालमेललाई लिएर एमालेमाथि प्रश्न गरेका छन् । उनले राजसंस्थाको मुद्दा राष्ट्रिय सभामा प्रवेश गराउन खोजेको हो भनेर प्रश्न गरेका हुन् ।
राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा एमालेले राप्रपासँग तालमेल गरेको छ । विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले निर्वाचन परिणामबारे आशंका नरहेको बताए । तर चुनावी परिणाम जे आएपनि राप्रपासँग गरेको तालमेललाई लिएर एमालेले जवाफ दिनुपर्ने बताए ।
राप्रपाले फागुनबाट राजसंस्था पुनस्र्थापना गर्छु भनेर आन्दोलन घोषणा गरेको भन्दै उनले एमालेलाई प्रश्न गरे, ‘एमाले राप्रपा उम्मेदवार जितोस भन्ने चाहान्छ । एमालेले क राजसंस्था पुनस्थापित गर्छु भन्ने व्यक्तिलाई निर्वाचित गराएर त्यो आन्दोलनलाई राष्ट्रिय सभामा प्रवेश गराउन चाहेको हो ।’
परिणाम सत्ता गठबन्धनको पक्षमा आउने दाबी गरेका उनले नैतिक कसीमा चुकेको बताए । एमालेलाई राजनीतिक प्रश्न रहिरहने भन्दै महामन्त्री थापाले भने भने, ‘नैतिक कसीमा नेकपा एमाले पटक-पटक चुकेको छ, फेरि चुक्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानलाई हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल थप्यो : गगन थापा
प्रदेश सरकार थप प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ: गगन थापा
गगन थापामा किन देखियो धार्मिक मोह ?
चैतभित्र क्रियाशील सदस्यता नवीकरण नगर्नेले महाधिवेशनमा भाग लिन पाउँदैन : गगन थापा
म सिंगो काँग्रेसको हुन चाहन्छु, कुनै गुटको होइन : गगन थापा
१५औं महाधिवेशन पछि जाँदैन, ८४ को चुनावअघि गर्नैपर्छ : गगन थापा