काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । सरकारको अध्ययन र अनुसन्धानले मात्रै कृषि क्षेत्रको विकास अपेक्षित ढंगले अघि बढ्न नसकेको उल्लेख गर्दै उनले त्यसका लागि निजी क्षेत्रले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
शुक्रवार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई सो पेसामा आकर्षित गर्नुपर्नेमा पनि जोड दिए ।
सभामुख घिमिरेले कुनै बेला कृषिमा आत्मनिर्भर भएको नेपाल आज विदेशीको भर पर्नुपर्ने अवस्था आउनु दुःखद भएको उल्लेख गर्दै त्यस्तो हुन नदिनका लागि कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताए । उनले कृषि क्षेत्रको बजारीकरणका लागि नेपालले रैथाने प्रजातिका कृषि उत्पादनमा लाग्नुपर्ने बताए ।
सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेसामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ पुस २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको घटना लोकतन्त्रमाथिको प्रहार : सभामुख घिमिरे
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट