नोम पेन्ह । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेका छन् । सभामुख घिमिरेले शनिवार साँझ कम्बोडियन समकक्षी तल्लो सदनले नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेको सभामुखको सचिवालयले जनाएको छ ।
भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिवार कम्बोडियाको राष्ट्रिय सभाका अध्यक्ष सम्देच मोहा रथसपिथिकाथिपादेई खुऔन सुदारीसँग भेट गरेका छन् ।
भेटमा सभामुखले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ ओ पूर्ण सत्रको आयोजना गरी आमन्त्रण गरेकोमा धन्यवाद दिएका छन् । सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताएका थिए ।
नेपालमा सन् २००६ मा विस्तृत शान्ति सम्झौता सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट सङ्घीयता सहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ,’ सभामुखले भने ।
नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसद्बाट हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको भन्दै सभामुखलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको छ ।
सभामुखले घिमिरेले गतिशील नेतृत्वमा कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘विगत दशकहरूमा कम्बोडिया अधिराज्यले हासिल गरेको आर्थिक समृद्धिप्रति नेपाल सरकार, नेपालको संसद् र नेपाली जनताले प्रशंसा गर्दछन् ।’
सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबिच भर्खरै सम्पन्न भएको हवाई सेवा सम्झौताले जनताबिचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास व्यक्त गरे ।
सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुनमानेट र माथिल्लो सदनसिनेटका अध्यक्ष सम्देच हुन सेनसँग अनौपचारिक भेट गरेका छन् । प्रधानमन्त्री र सिनेट अध्यक्षसँग शिष्टाचार भेट पछि हुने जनाइएको छ ।
पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका सभामुखले आज सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुख घिमिरे आगामी मङ्सिर ११ गते मङ्गलवार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ मंसिर २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे
'संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख घिमिरे
रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख घिमिरे
संघीयताविरूद्ध कुरा आएपछि संविधान संशोधनको बहस चलेको हुनुपर्छ : सभामुख घिमिरे