काठमाडौँ । सभामुख देवराज घिमिरले गत शुक्रबार तीनकुनेमा प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिलाई लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् ।
सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तिनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् ।
यो सम्बधमा संसद्मा छलफल बहस गर्ने वातावरण बनाउन पनि दलहरूलाई सभामुखले आग्रह गरे । सभामुख घिमिरेले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन पनि अपिल गरे ।
गत शुक्रबार राजावादीले काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका थिए । तर, प्रदर्शन नसकिँदै प्रदर्शनस्थल छाडेर उनीहरूले आसपासका निजी घरहरूमा क्षति पुर्याए । निजी घरमा लगाइएको आगोमा जलेर एक जना पत्रकारको जलेर मृत्यु भयो । अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
राजावादीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजानी गरे । माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड प्रयास गरे । सन्चो उद्योगमा आगजनी गरे ।
अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरे । कान्तिपुर मिडिया हाउसको भवनमा आगजनी प्रयास गरे । अन्य मिडिया हाउसमाथि समेत आगजानी र तोडफोड प्रयास गरे । प्रदर्शनका क्रममा ३० जना भन्दा बढी घाइते भएका छन् ।
यी गतिविधिलाई सभामुख घिमिरेले लोकतन्त्रमाथिको प्रहार भनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद् विधेयकमा सभामुखले खोजे सत्तापक्षको धारणा
सभामुख घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे