एजेन्सी । अमेरिकाको डल्लासस्थित आयोवामा रहेको एक स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
आयोवाको पेरी हाई स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीहरुमा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था स्थीर छ ।
घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अरुलाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
क्रिसमसको विदा पछि विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ ।
अमेरिकामा बन्दुकबाट हुने आक्रमण चिन्ताको विषय बनेको छ । त्यसैले बन्दुकबाट मानिसहरु मारिने क्रमलाई रोक्न कडा कानुनको माग हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २० पुस २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुटवलमा युवतीमाथि गोली प्रहार
गाउँपालिका अध्यक्ष चौधरीमाथि गोली प्रहार
दिल्लीमा मध्यराति युवती माथि गोली प्रहार
मोटरसाइकलमा सवार युवकमाथि गोली प्रहार
दाइले प्रहार गरेको गोली लागेर भाइको मृत्यु, दाजु फरार
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु