हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सङ्घीयता कार्यान्वयनमा सकारात्मक सुरुवात भएको बताएका छन् । बिहीबार हेटौँडा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीयता कार्यान्वयनको विषयमा तिनै तहका सरकारले सकारात्मक ढंगबाट काम गरेको बताए ।
विश्वमा सङ्घीयता कार्यान्वयन गरेका मुलुकहरूको मोडल आफ्नै प्रकृतिको रहेको र नेपालले पनि आफ्नै भूगोलमा विशिष्ट प्रकारको सङ्घीयताको मोडल अपनाएको उनले बताए । नेपालमा सङ्घीयता कार्यान्वयनमा खासै समस्या नरहेको उनको भनाई छ ।
‘सङ्घीयता कार्यान्वयनमा त्यति समस्या छैन । सङ्घीयता कार्यान्वयनको सुरुवात राम्रो छ’ उनले भने ‘अधिकार नभएर काम नै गर्न नसक्ने अवस्था छैन । संविधान कार्यान्वयन विषयमा भएका छलफलहरू सकारात्मक छ । सङ्घीय सरकार पनि सकारात्मक रहेको छ । केही तहगत अधिकार आउन सकेको छैन । छिट्टै नै संस्थागत रूपमा आउँछ । अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन् । प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ ।’
पन्चायतकालमा नागरिकहरूमा विकास र चेतना समेत नरहेको उनले दाबी गरे । राजतन्त्र कायम रहँदा शिक्षा स्वास्थ्य तथा विकासमा जनताहरूलाई चेतना नै नहुने र त्यस्ता विषय माग गर्न समेत नसक्ने अवस्थामा नागरिकहरू रहनु परेको उनले बताए ।‘राजावादीहरुले विकास र चेतना दिन सकेका थिएन । जनताले अहिलेको जस्तो विकास र चेतना नै थिएन । जनताले माग गर्ने अवस्था पनि थिएन’ उनले भने ।
मुख्यमन्त्री जम्कट्टेलले छलफलका विषयलाई नकारात्मक भन्दा पनि सकारात्मक विषयबाट छलफल सुरु गर्नुपर्ने बताए । छिट्टो प्रतिफल खोज्ने नागरिकको आवाज सम्बोधन गर्ने गरी सङ्घीयता कार्यान्वयनमा अघि बढ्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री जम्कट्टेलले आइतबार विश्वासको मतको मिति तय गर्ने
राजीनामा दिन मुख्यमन्त्री जम्कट्टेललाई एमालेको आग्रह
मुख्यमन्त्री जम्कट्टेललाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी
मुख्यमन्त्री जम्कट्टेलको सीपयुक्त जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता
उत्पादनमा आधारित प्रोत्साहनका कार्यक्रम ल्याउन मुख्यमन्त्री जम्कट्टेलको निर्देशन