काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पक्षधर एकजुट भएर गणतन्त्रको रक्षामा लाग्नुपर्ने बताएका छन् । इतिहास फर्कन गाह्रो रहेको उल्लेख गदै देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको आवश्यकता औँल्याएका हुन् ।
पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्मदिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले भट्टराई ‘शेन्स अफ ह्युमर’ भएको व्यक्ति भएको बताए । सभापति देउवाले आफूले नख्खु जेलमा पहिलो पटक किसुनजीलाई भेटेको स्मरण गरे । ‘कहिले पनि हरेश नखाएको मानिस । कहिले पनि चिन्ता नगरेको व्यक्ति । उहाँ माथि कुनै दाग लाग्न सक्दैन,’ देउवाले भने ।
भट्टराईमा कुनै लोभ नभएको र बदनामीले नछोएको व्यक्ति भएको देउवाले बताए । भट्टराईको बारेमा थप खोजनीति आवश्यक रहेको देउवाको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा
वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा
कांग्रेस सभापति देउवासँग अष्ट्रेलियाकी राजदूत भोल्कको विदाई भेटवार्ता
सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण हाम्रो दायित्व हो : सभापति देउवा