काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘ मुख्य समस्या भनेको शक्ति पृथकीकरणको सिद्धान्त मात्रै होइन, यसलाई अन्त्य गर्नका लागि, यसको गरिमालाई उच्च राख्नको लागि यसको प्रभावलाई प्रभावकारिताका साथ सम्पन्न गर्नको लागि, स्थायी रुपमा काम गरिरहेको सचिवालय जो संविधानको धारा १०७ ले व्यवस्था गरेको छ र तदनुकुलका कानूनहरु बनेको छन् ।’
उनले संसदको गरिमा कायम राख्दै संसदको भूमिकालाई प्रभावकारी बनाउन सरोकारवाला सबैले ध्यान दिनुपर्ने बताए । उनले संसदको सन्दर्भमा विगतमा भएका बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभुतिहरुलाई आफूले गम्भिरताका साथ लिएको बताए ।
‘विश्वव्यापी रुपमै संसदको भूमिका के हुन्छ ? संसदको गरिमा कसरी राख्न सकिन्छ ? संसदलाई कसरी प्रभावकारी पार्न सकिन्छ ? यसको विषयमा विगतका दिनहरुदेखि अहिलेसम्म आइपुग्दाखेरी हामीले बिडम्बनापूर्ण व्याख्या, विश्लेषण र अनुभूतिहरु गर्नुपर्ने कुरालाई मैले पनि गम्भिरतासाथ लिएको छु ।’ उनले भने ।
उनले संसदको गरिमालाई उच्च राख्नका संघीय संसद सचिवालयले संविधानले व्यवस्था गरे अनुरुपको काम गर्नुपर्ने बताए ।‘ संघीय संसदको सचिवालयलाई प्रभावकारी पार्नको लागि के–के गर्नुपर्छ ? विगतका अनुभवहरु लिँदै राम्रा कामहरु गर्नको लागि के–के गर्नुपर्छ ? त्यसमा क–कसको के–के दायित्व छ ? यो सबै कुराहरुमा हामी जिम्मेवारीका साथ अगाडि बढौँ ।’
उनले संसदलाई प्रभावकारी बनाउन सबैले आ-आफ्नो ठाउँबाट दायित्व र जिम्मेवारीहरु पूरा गर्नुपर्ने बताए । उनले आर्थिक अवस्था कमजोर हुँदा संघीय संसद सचिवालयले चाहेजस्तो काम गर्न नसकेकोतर्फ इंगित गर्दै मुख्य समस्या आर्थिक समस्या मात्रै नभएको उल्लेख गरे ।
सभामुख घिमिरेले संघीय संसद सचिवालयका कर्मचारीहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई सहयोग पुर्याउनुपर्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयता महंगो भएको टिप्पणी तर्कसंगत छैन : सभामुख घिमिरे
सभामुख घिमिरेले भेटे कम्बोडियाका प्रधानमन्त्री
सभामुख घिमिरे र कम्बोडियन समकक्षीबिच भेटघाट
शिक्षा ऐन निर्माणको तयारी भइरहेको छ : सभामुख घिमिरे
'संसदीय मामिला’ सांसदको मुख्य जिम्मेवारी : सभामुख घिमिरे
रक्षाबन्धन राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिको पर्व : सभामुख घिमिरे