न्यु योर्क । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्याइएको छ ।
घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।मृतकको सनाखत हुन सकेको छैन भने गोली प्रहार बारे अनुसन्धान जारी छ ।
गैर-नाफामुखी अनुसन्धान समूह गन भाइलेन्स आर्काइभु ले जनाए अनुसार अमेरिकामा यस वर्ष डिसेम्बर ९ सम्ममा ६३४ जना सामूहिक गोली आक्रमणको शिकार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ मंसिर २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक