काठमाडौँ । गाजा क्षेत्रमा फेरि हमास र इजरायलबिच युद्ध सुरु भएको छ । हमासको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयका अनुसार दक्षिणी गाजा क्षेत्रमा हवाइ हमला भएको छ ।
उत्तरी गाजा क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको बीबीसीले जनाएको छ । गाजा सहरको उत्तर–पश्चिममा पनि गोलीको आवाज सुनिएको बताइएको छ । बिहीबार हमास र इजरायलबिच युद्धविराम सम्झौताको सातौँ दिन थियो । त्यसपछि युद्धविराम सम्झौता अघि बढाइएको छैन । अमेरिका, कतार र इजिप्टले युद्धविराम लम्ब्याउन पहल गरे पनि सफल हुन सकेन ।
युद्धविरामको अवधि समाप्त हुनु केही अघिमात्र इजरायलले गाजा क्षेत्रबाट प्रहार गरिएको एउटा रकेट आफ्नो सुरक्षा निकायले विफल तुल्याएको दाबी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ मंसिर २०८०, ११ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले स्वीकार गरेको युद्धविराम प्रस्ताव इजरायलद्वारा खारेज, रफाहमा आक्रमण सुरु
इजरायलले थाल्यो गाजा क्षेत्रको रफामा आक्रमण
लेबनानबाट उत्तर इजरायलमा रकेट प्रहार
इजरायलले हमासलाई युद्धविरामको जवाफ दिन एक साताको समय दियो
इजरायल र हमासबीच युद्ध विरामको संकेत
वायु सेवा निगमको न्यारोबडी जहाज आज काठमाडौँ ल्याइदै