बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिदिएको हो ।स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।
कार्यालय प्रमुख युवराज रावतले बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा छ । सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले चासो नदिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत लाइन काट्नु परेको कार्यालय प्रमुख रावतको भनाइ छ ।
मन्त्रालयमा मंसिर ५ गते नै विद्युत लाइन काटिएको हो । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको जिकिर गरे । उनले पत्र पठाउना साथ विद्युत काट्नु गलत भएको बताए । महसुल भुक्तानीका लागि प्रक्रिया थालिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ मंसिर २०८०, ११ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने