महेन्द्रनगर । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर-भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म२प ७४५६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका-९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।
सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका-१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटना स्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सडक दुर्घटना : कर्णालीमा एक सय १२ जनाको मृत्यु
अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु
मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति