पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ असार २०८१, १२ : २१
पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधवार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटना नीलम जिल्लामा भएको थियो । जहाँ यात्रु भ्यान खोलामा खसेको हो ।

पहाडी क्षेत्रमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यात्रुहरुको शव निकालेर नजिकैको अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस