कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १४ : ३८
कुलपति बरालको राजीनामा फिर्ताको प्रस्ताव लिएर पोखरा पुगे त्रिविका रेक्टर र रजिस्ट्रार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदबाट राजीनामा दिएका प्रा. डा. केसरजंग बराललाई राजीनामा फिर्ता गरेर काममा फर्किन रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले आग्रह गरेका छन् ।

१० दिनअघि राजीनामा दिएका बराललाई रेक्टर केसी र रजिस्ट्रार रिजालले पोखरा नै पुगेर राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् । रेक्टर र रजिस्ट्रारले प्रधानमन्त्री एवं कुलपति केपी ओलीसँग छलफल गर्न बराललाई आग्रह पनि गरेका छन् ।

बराललाई कममा फर्किने वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पनि सहजीकरण गर्न अनुरोध गरेका छन् । राजीनामा दिएका बरालले पनि रेक्टर र रजिस्ट्रारले काममा फर्किने प्रस्ताव गरेको स्वीकार गरेका छन् ।

रेक्टर केसीले पनि आफूहरू मिलेर काम गर्न चाहेको बताए । तर, बरालले गाडी, पीएसओ, ल्यापटप फिर्ता गरेर पोखरा गएका छन् । राजीनामा दिइसकेकाले उपकुलपतिमा बराललाई फर्काउने वा राजीनामा स्वीकृत गर्ने भन्ने निर्णय प्रधानमन्त्री एवं कुलपति केपी ओलीले गर्नेछन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस