अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १२ : ४०
अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु

अफगानिस्तान । उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु हुनुका साथै अन्य ५  जना घाइते भएका छन् ।  प्रान्तको डान्ड घोरी जिल्लामा  सो दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले जनाएको छ।

शनिबार एक सैन्य गाडी यात्रु कारसँग ठोक्किदा घातक दुर्घटना भएको प्रहरीको भनाई छ ।त्यसैगरी, प्रान्तको राजधानी पुल–ए–खुमरी सहरको हुसेनखैल क्षेत्रमा पनि शनिबार राति मोटरसाइकल र गाडी ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

अफगानिस्तानमा सडकको खराब अवस्था, लापरवाहीपूर्ण ड्राइभिङ, कठिन भौगोलिक अवस्था , तीव्र गतिलगायतका कारण सडक दुर्घटनाहरू सामान्य छन् ।