सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएका मध्ये झन्डै आधा संख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्यांकानुसार कात्तिक १७ गते राति गएको भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
भूकम्पमा परी जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ बालबालिकाको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झन्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा मृत्यु भएका १०५ मध्ये बालक २७ र बालिका २३ रहेका रोकाले बताए ।
भूकम्पमा परी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए ।उनले भने, “रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएका मध्ये अधिकांश बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकाले समेत ज्यान गुमाएका छन् ।”
मृत्यु हुनेमा महिला धेरै
भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । बेला–बेलामा हुने यस्ता विपद्मा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० कार्तिक २०८०, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताइवानमा शक्तिशाली भूकम्प
डोटी भूकम्प प्रभावितको घर पुनर्निर्माण सुरु
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी
लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
चीनमा भूकम्पः हालसम्म १२ सयभन्दा बढी परकम्प