रुस्लानले ५०औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता आयोजना गर्ने

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १२ : ५९
रुस्लानले ५०औं वार्षिकोत्सवको अवसरमा गल्फ प्रतियोगिता आयोजना गर्ने

काठमाडौं। नेपालकै सर्वोकृष्ट भोड्का, रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो ५०औं वर्ष पार गरेको छ ।यसै अवसरमा रुस्लानले रोयल नेपाल गल्फ क्लब (आरएनजीसी)सँगको सहकार्यमा गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपालमै गल्फको शुरूवातकर्ता आरएनजीसीले पनि आफ्नो सञ्चालनको १०७ औं वर्ष मनाउँदै छ ।रुस्लान र आरएनजीसीबीचको सहकार्यमा ‘रुस्लान ५० औं वार्षिकोत्सव गल्फ प्रतियोगिता’ गर्न लागिएको कम्पनीले जनाएको छ ।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका निर्देशक श्रीहर राणाका अनुसार ‘रुस्लानको पाँच दशक यात्रा र आरएनजीसीको १०७ औं वर्षको यात्रालाई प्रतिबिम्बित गर्दै गल्फ प्रतियोगिता गर्न लागिएको हो ।उत्कृष्टताको साथै यस ब्राण्डप्रति रहेको विश्वासलाई सदा कायम राख्ने  उनको प्रतिबद्धता छ । 

रुस्लान गल्फ प्रतियोगिता यही कात्तिक १७ र १८ गते रोयल नेपाल गल्फ क्लबमा आयोजना हुनेछ ।जसमा १३० जना आरएनजीसीका सदस्यहरूबीच प्रतिस्पर्धा हुने कम्पनीले जनाएको छ ।सन् १९७३ मा स्थापना भएको रुस्लान भोड्का स्थापना कालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस