काठमाडौं। बाराको कलैयामा भएको गोली प्रहारबाट घाइते भएका बाल एकता इङ्ग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक रुपेश सर्राफ (गुड्डु)को मृत्यु भएको छ । दुईवटा मोटरसाइकलमा चढेर आएका ४ जनाको समूहले कलैया–६ मदर्सा टोलमा दिनदहाडै गोली प्रहार गरेको स्थानीयले बताएका छन् ।
घाँटी तथा छातीमा दुई-दुई गोली लागेको सरार्फको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले लोकान्तरलाई बताए । सोमवार दिउसो १ बजे उनीमाथि गोली प्रहार भएको थियो ।
‘अज्ञात समूहले लखेट्दा-लखेट्दै भाग्ने क्रममा एउटा घरको ढोकामा छिर्दै गर्दा पछाडिबाट गोली हानिएको रहेछ,’ सापकोटाले भने । सर्राफलाई ४ वटा गोली प्रहार गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफैँलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु
मापसे चेक गर्दा सर्लाहीमा जुलुस ! प्रहरीले चलायो गोली
हाइटीमा पत्रकार सम्मेलनमा चल्यो गोली, २ पत्रकार र १ प्रहरीको मृत्यु
सुनसरीमा प्रहरीले चलायो गोली
खोटाङमा मृग भनेर हानेको गोली साथीलाई लागेपछी....
सर्लाहीमा गोली चल्यो, एक महिलाको हत्या