काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।
गौतमले सोमबार जारी गरेको सूचनामा कात्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ ।महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । उनी बुधबार फर्कदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
संघीय संसद्का दुबै बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दै
संघीय संसदको बजेट अधिवेशन आव्हान