काठमाडौं । फिफा विश्वकपको एसिया क्षेत्रको छनोट खेलको दोस्रो चरणको खेलतालिका सार्वजनिक भएको छ । समूह एचमा रहेको नेपालले पहिलो खेल कात्तिक ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग दुबईमा खेल्नेछ ।
त्यस्तै दोस्रो खेल भने यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा खेल्नेछ । यही समूहमा रहेका यमन र बहराइनले ३० कात्तिकमै साउदी अरेबियामा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै ५ मंसिरमा बहराइन र युएईले बहराइनमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणको छनोटमा लाओसलाई समग्रमा २–१ ले पराजित गरेको नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । लाओससँगको पहिलो लेग नेपालले २५ असोजमा दशरथ रंगशालामा १–१ को बराबरी खेलेको थियो । दोस्रो लेग ३० असोजमा लाओसमा भएको थियो र नेपाल १–० ले विजयी भएको थियो ।
समूह एचमा नेपालसँगै संयुक्त अरब इमिरेट्स, यमन र बहराइन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले आज यमनको सामना गर्दै, कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण