एजेन्सी। प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमण पश्चात् इजरायलले युद्धको घोषणा गर्दै तीव्र ढंगले प्रत्याक्रमण गरिरहेको छ । युद्धमा २ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने अरु हजारौं घाइते र लाखौं विस्थापित भएका छन् ।
तर यो युद्ध केवल जमीन र आकासमा मात्र लडिएको छैन । यो युद्ध डिजिटल दुनियाँमा पनि भैरहेको छ। सोसल मिडिया प्लाटर्फम एक्सले हमाससँग सम्बन्धित हजारौं अकाउन्टहरु हटाइदिएको छ । एक्स कम्पनीकी सीईओका अनुसार एक्सका कैयन् सामग्रीहरुमा लेबल पनि गरिएको छ । इजरायल र हमासबीचको युद्ध जारी छ । यो युद्ध केवल हतियारको बलमा मात्र लडिएको छैन, विश्वभरमा हमास र इजरायलका समर्थकहरु पनि आपसमा लडिरहेका छन् ।यस प्रकारको संघर्षको सबैभन्दा ठूलो मञ्च सोसल मिडिया प्लाटर्फमहरु पनि बनिरहेका छन् । यी प्लाटर्फममा दुवैतर्फका युद्ध सम्बन्धी भिडियोहरु देख्न सकिन्छ ।
सोसल मिडिया प्लाटर्फम एक्सको टप ट्रेन्डमा अहिले हमास तथा इजरायल नै देखिन्छ । कैयन् ह्यासट्यागहरु टप ट्रेण्डमा सामेल छन् जसमा मानिसहरुले यही युद्धसँग सम्बन्धित सामाग्रीहरु शेयर गरेका छन् । यहीँ क्रममा एक्सकी सीईओ लिन्डा याकारिनोले बिहीबार उक्त महत्वपूर्ण घोषणा गरेकी हुन् ।
उनका अनुसार एक्सले हमाससँग सम्बन्धित हजारौं अकाउन्टहरुलाई आफ्नो प्लाटर्फमबाट हटाइदिएको छ । एक्सले हमाससँग सम्बन्धित अकाउन्टहरुलाई कि त हटाइदिएको छ कि त लेबल लगाइदिएको छ ।
इजरायलमाथि हमासको आक्रमण पश्चात् नै एक्सले हमाससँग सम्बन्धित लाखौं सामग्रीलाई लेबल गर्न सुरु गरेको छ । सीईओ याकारिनोले आफ्नो एक्स ह्याण्डलबाट एउटा पत्र पनि पोस्ट गरेकी छिन् । उक्त पत्र युरोपेली युनियनका आयुक्तलाई पठाइएको छ ।
याकारिनोले भनेकी छिन्, ‘हामी युरोपेली युनियनका देशहरुसहित विश्वभरका अन्य कानून कार्यान्वयन निकायहरुबाट प्राप्त अनुरोधको जवाफ तीव्र रुपमा दिइरहेका छौं ।’ वास्तवमा इजरायल र हमासको बीच चलिरहेको युद्ध साइबर दुनियाँमा पनि चलिरहेको छ । हमास समूहसँग सम्बन्धित व्यक्तिहरुले इजरायलका डिजिटल संरचनामा पनि आक्रमण गरिरहेका छन् ।
इजरायलका विभिन्न सरकारी वेबसाइटमा पनि साइबर हमला गरिएको छ । रिपोर्टका अनुसार करिब ३५ वटा प्यालेस्टाइनी समूहहरुले इजरायल लक्षित आक्रमण गरिरहेका छन् ।त्यस्तै भारत निकट ह्याकिंग समूहको नाम पनि आइरहेको छ । जसले प्यालेस्टाइनसँग सम्बन्धित वेबसाइटहरुलाई तारो बनाइरहेको छ । यसको सिकार हमासको आधिकारिक वेबसाइट, प्यालेस्टाइनको राष्ट्रिय बैंक लगायतका विभिन्न वेबसाइटहरु बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ असोज २०८०, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक
३४ बन्धकलाई रिहा गर्न हमास तयार, इजरायलसँग सम्झौतामा वार्ता जारी
हमासको गढ भन्दै इजरायली सेनाद्वारा गाजाको ठूलो अस्पताल कब्जा
हमास नेता सिनवारको मृत्यु भएको पुष्टि
गाजामा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु : हमास
हमासले इजरायलमाथि गरेको आक्रमणविरुद्ध अमेरिकामा मुद्दा