एजेन्सी । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले उत्तरी गाजाको बेत लाहियामा रहेको अन्तिम ठूलो अस्पताल जबर्जस्ती खाली गराएको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाले मेडिकल स्टाफलाई नियन्त्रणमा लिएर उनीहरूसँग सोधपुछ गरेको छ।
कमाल अदवान अस्पतालका निर्देशक डा. हुस्साम अबु साफिया ती व्यक्तिहरूमध्ये एक हुन्, जसलाई आईडीएफले सोधपुछका लागि लगेका थिए।
इजरायली सेनाले डा. हुस्सामलाई चरमपन्थी समूह हमासका सञ्चालक भएको दाबी गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार अस्पताल नजिकै भएको इजरायली हमलामा करिब ५० जनाको मृत्यु भएको छ, जसमा मेडिकल स्टाफ पनि परेका छन्।
इजरायली सेनाले अस्पताललाई ‘हमासका चरमपन्थीहरूको गढ’ भएको भन्दै त्यहाँ कारबाही गरिएको दाबी गरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार १५ जना गम्भीर बिरामी, ५० जना हेरचाह गर्नेहरू र २० जना स्वास्थ्यकर्मीलाई नजिकैको इन्डोनेसियाली अस्पतालमा स्थानान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १४ पुस २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने