एजेन्सी । ७ अक्टोबर २०२३ मा भएको इजरायलमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमास नेता याया सिनवार मारिएका छन् ।
बिहीबार शवको दन्त्य परीक्षण तथा डीएनए परीक्षण गरेर मारिएको पुष्टि भएको हो । बुधवार भएको ट्याङ्क आक्रमणको शव बिहीबार फेला परेको हो । उनको दन्त्य परीक्षण र डीएनए गरिए पछि इजरायली सेनाले यसको पुष्टि गरिएको हो । दक्षिणी गाजाको रफाहामा गरेको आक्रमण पछि सेनाले नै शव लिएका थिए । उनी सिनवार भएको अनुमान पछि परीक्षण भएको थियो ।
सिनावरको मृत्यु पछि नेतान्याहुले बन्दीको रिहाइ र हतियार छाड्नु मात्र हमासका नेताले ज्यान बचाउन सक्ने अन्तिम उपाय भएको बताएका छन् ।
सिनावरको मृत्यु पछि संसारका धेरै नेताले प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध विरामको बाटो खुला भएको प्रतिक्रिया दिएका छन् । अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले सिङ्गो संसार नै सिनावरको मृत्युमा खुसी भएको जनाएकी छिन् ।
अहिले इजरायलमा बन्दी बनाइएकाहरूको परिवारमा भने आफ्ना प्रियहरूको जीवन अझ बढी जोखिममा परेको महसुस गर्न थालेका छन् । अहिले १०० जना भन्दा बढी अझै हमासको कब्जामा छन् ।
सन् २०११ मा इजरायली जेलबाट छुटे पछि हमासको हरके अपरेसनमा उनको भूमिका मुख्य रहेको थियो । उनको मृत्युले हमासलाई ठुलो संकट पर्ने जनाइएको छ ।
३१ जुलाईमा हमासका नेता इस्माइल हानिएको मृत्यु भए पछि उनको नेतृत्वमा हमास थियो ।
बुधबार उनी सुरुङ छाडेर अपार्टमेन्ट प्रवेश गर्न खोजेको समयमा आक्रमण भएको इजरायली सेनाले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०२ कार्तिक २०८१, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले आज ६ जना इजरायली बन्धकलाई रिहा गर्दै
४ इजरायली बन्धकको शव फिर्ता गर्दै हमास, इजरायलकै हमलामा मारिएको जिकिर
इजरायललाई ६ जना बन्दी र ४ शव फिर्ता गर्दै हमास
हमासले रिहा गर्ने थप तीन बन्धकको नाम सार्वजनिक
हमासले बन्दी रिहा नगरे युद्ध सुरु गर्ने इजरायलको चेतावनी
बन्धक रिहाइ रोक्ने हमासको घोषणा