एजेन्सी । हमासद्वारा सञ्चालित प्रशासनले गाजापट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेसनले आक्रमण मानवीय सहायताका लागि तोकिएको क्षेत्रमा भएको र अन्य धेरै व्यक्ति घाइते भएको आशंका गरिएको बताएको छ।
इजरायली सेनाले भने सर्वसाधारणलाई हानि नहुने गरी खान युनुसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरिएको दाबी गरेको छ।
स्थानीय बासिन्दाले भने अल-मावासीमा विस्थापित मानिसहरूको पालमा तीनवटा आक्रमण गरिएको थियो र ठूलो खाडल भएको बताएका छन्।
हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीसँग भनेका छन्, ‘४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा दबिएका छन्।’
गत वर्ष अक्टोबरमा इजरायलले आफ्नो सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो ज्यान बचाउन खान युनुसतिर भागेका थिए।
अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो। जसमा १२०० जनाको मृत्यु भएको थियो भने २५१ मानिसलाई बन्धक बनाइएको थियो। त्यसयता इजरायलले गाजामा हमासलक्षित हमला गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २५ भदौ २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज ३ इजरायली, ५ थाई बन्दीलाई रिहा गर्दै हमास
थप छ जना इजरायली बन्धकहरूलाई रिहा गर्दै हमास
हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको इजरायलको आरोप
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
हमासले आज रिहा गर्ने चार जनाको नाम सार्वजनिक गर्दै
हमासले युद्धविराम अन्तर्गत पहिलो चरणमा रिहा गर्ने तीन बन्धकको नाम सार्वजनिक