काठमाडौँ । सांसद जनार्दन शर्माले मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्नुपर्ने र समितिमा छलफल गर्न जरुरी नभएको बताएका छन् । उनले बुधवार प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा सो कुरा बताएका हुन् ।
‘मूल्यवृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो, समितिको काम होइन,’ उनले भने, ‘यो सरकारले समाधान गर्ने हो । किन ल्याइयो सार्वजनिक लेखा समितिमा ? मूल्य वृद्धिको विषय यहाँ छलफल गर्ने होइन । हाम्रो समय बरबाद भएको छ ।
मूल्य वृद्धि नियन्त्रण गर्न नसक्नु राज्यको कमजोरी भएको उनले बताए । यस्तै विद्युत् लोडसेडिङ आजबाट हट्नेसमेत बताए । यसैगरी सरकारी स्वामित्वको उद्योगले सिमेन्टको मूल्यवृद्धि गरेको कुरा पनि शङ्कास्पद रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व आर्थिक परिदृश्यलाई विनियोजन विधेयकले ध्यान दिन सकेन : सांसद शर्मा
कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : जनार्दन शर्मा