वाशिङ्टन डीसी । गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी सशस्त्र समूह हमासले हमला गरेको थियो । सो हमलालाई लिएर अमेरिकाले हमासका नेता याह्या सिनवारलगायत कयौं प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ ।
हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत्या, अतिवादलाई आर्थिक सहयोग गर्ने षड्यन्त्र गरेको र जनसंहारका हतियारको प्रयोगलगायत सातवटा आरोपमा अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले बताएको छ ।
आपराधिक उजुरीले हमासले दशकौंसम्म गरेको कथित हमलाका साथै एक वर्ष अघि दक्षिणी इजरायलमा भएको व्यापक आक्रमणहरूलाई समेटेको छ । अक्टोबर ७ को हमलाका लागि जिम्मेवार प्रमुख व्यक्तिहरूलाई जिम्मेवार ठहराउने यो अमेरिकी कानुन एजेन्सीहरूको पहिलो प्रयास हो ।
तर, अभियोगमा उल्लेख गरिएका तीन नाममा विगत केही महिनामा भएका हमलामा मारिएका इस्माइल हनिया, मारवान इसा र मोहम्मद जैफ पनि छन् ।सिनवार गाजाको कुनै सुरुङमा लुकेर बसेको अनुमान गरिएको छ । अभियोगमा उल्लेख भएका अन्य नेताहरूमा खालेद मशाल र अला बाराका छन् ।
यी दुई गाजा र वेस्ट बैंक बाहिरका गतिविधिका लागि जिम्मेवार छन् । यी आरोपहरू यस वर्ष फेब्रुअरीमा लगाइएको थियो । तर अमेरिकाले मंगलबार अघिसम्म उनी समातिने आशामा मुद्दा चलाएको थिएन ।
यसैबीच अमेरिकाले गाजामा युद्धविरामका लागि प्रयासलाई तीव्र पार्दै दुवै पक्षलाई सम्झौताको प्रस्ताव स्वीकार गर्न अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ भदौ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
हमासले सत्ता त्याग्नुपर्ने माग गर्दै गाजामा विशाल विरोध प्रदर्शन
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
हमासलाई ट्रम्पको चेतावनी- ‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’