एजेन्सी । इजरायलमा हमासले हालै गरेको आक्रमणपछि सामाजिक सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । ‘आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन’ भन्दै उसले खाता बन्द गरेको हो ।
‘एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ,’ यसका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भनिन्, ‘आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।’
युरोपेली युनियन (ईयू) उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई जारी गरेको २४ घन्टे अल्टिमेटमले एक्सलाई ती खाता हटाउने परिस्थिति बनाएको थियो । ब्रेटोनले एक्समा दुष्प्रचारको सामना गर्न र नयाँ इयु अनलाइन सामग्री नियमहरूको पालना गर्न आग्रह गर्दै मस्कलाई अल्टिमेटम दिएका थिए । ब्रेटोनले युरोपेली युनियनभित्र अवैध सामग्री र दुष्प्रचारमा एक्सको कथित प्रयोगप्रति चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २७ असोज २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्राजिलमा प्रतिबन्धका बीच एक्स चल्न थालेपछि..
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
ब्राजिलमा सोसल मिडिया प्लेटफर्म एक्स प्रतिबन्ध