ब्राजिलमा सोसल मिडिया प्लेटफर्म एक्स प्रतिबन्ध

सफल खबर संवाददाता

शनिबार, १५ भदौ २०८१, ०९ : ४८
ब्राजिलमा सोसल मिडिया प्लेटफर्म एक्स प्रतिबन्ध

एजेन्सी । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्स (पहिलेको नाम ट्विटर) लाई प्रतिबन्ध लगाएको छ।

बीबीसीका अनुसार ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो।

एक्स निर्धारित समयभित्र ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो

अलेक्जान्डर डे मोरेसले अदालतका सबै आदेश पूरा नगर्दा र जरिवाना नतिर्दासम्म एक्सलाई तत्काल र पूर्ण निलम्बनको आदेश दिएका थिए।

गत अप्रिलमा गलत सूचना फैलाएको ठहर गर्दै ब्राजिलका न्यायाधीशहरूले दर्जनौँ एक्स अकाउन्टमा प्रतिबन्ध लगाएपछि यो मुद्दा सुरु भएको थियो।

उक्त आदेशमा जवाफ दिँदै एक्स मालिक इलोन मस्कले भनेका थिए, ‘वाक स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधार हो र ब्राजिलका न्यायाधीश जो जनताबाट निर्वाचित होइनन्, उनीहरू राजनीतिक दबाबमा झुकेर यसलाई नष्ट गरिरहेका छन्।’ 

प्रतिक्रिया दिनुहोस