ब्राजिलमा प्रतिबन्धका बीच एक्स चल्न थालेपछि..

एजेन्सी

शुक्रबार, ०४ असोज २०८१, १२ : ५९
ब्राजिलमा प्रतिबन्धका बीच एक्स चल्न थालेपछि..

काठमाडौँ । प्रतिबन्धित सोसल मिडिया प्लेटफर्म एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा मच्चिएको छ । बुधबारबाट अचानक मोबाइलमा एक्सले काम गर्न थालेपछि सरकार आक्रोशित बनेको थियो । सरकारको आलोचनापछि बिहीबार फेरि एक्सको सेवा पूर्णरुपमा बन्द भएको छ । एक्सका मालिक एलोन मस्कले पनि यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो । 

एक्सलाई अघिल्लो महिना ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । ब्राजिलका मानिसहरूले एक्स प्लेटफर्ममा पहुँच गर्न सक्दैनन् र यदि तिनीहरूले यसका लागि भिपीएनआदि प्रयोग गर्छन् भने, उनीहरूले भारी जरिवाना पनि भोग्नुपर्ने चेतवानी सरकारले दिएको छ ।

प्रतिबन्धमा रहेकै बेला चलन थालेपछि सरकारले यो कदमलाई निलम्बनको जानाजानी उल्लङ्घन मानेका छन् । एक्सले भने अस्थायी रुपमा चलेको र यो अहिले बन्द गरिएको स्पष्ट गरेको छ ।

एक्स चलेको खबरपछि न्यायाधीश अलेक्जेन्डर डे मोरेसले राज्यको दूरसञ्चार एजेन्सी एनाटेललाई नेटवर्कमा पहुँच रोक्न आवश्यक कदम चाल्न पनि आदेश दिएका थिए । गत अप्रिलमा जब सर्वोच्च अदालतका न्यायाधीश अलेक्ज्याण्डर डी मौरियासले ‘एक्स’ मा अनुसन्धान गर्न आदेश दिएका थिए त्यसपछि एक्स र ब्राजिल सरकार आमने सामने भएका थिए । 

ब्राजिलमा एक्सका २२ मिलियन प्रयोगकर्ता भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस