काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे चासो व्यक्त गरेका छन् । लेस्टाइनी लडाकू समूह हमास र इजरायली सेनाबीच शनिवादेखि जारी द्वन्द्वका कारण नेपालीहरू समेत पीडामा परेको अवस्थाबारे उनले चासो देखाएका हुन् ।
उनले आइतवार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत हनान गोडरलाई सम्पर्क गरी लडाइँमा फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् ।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।नेपाली राजदूत रिजालले घाइते एवं युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताएकी छिन् ।
त्यस्तै इजरायली राजदूत गोडरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असोज २०८०, १३ : ०६
लेखकबाट थप