काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताएका छन् । शुक्रवार संसदमा विद्यालय शिक्षा विधेयक, २०८० का बारेमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरु पनि रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताए । ‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरु पनि कतिपय अवस्थामा छन् । यसमा सार्वभौम संसदले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ’ शर्माले भने, ‘यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । हाम्रो भविष्य कस्तो बनाउने ? हाम्रो देश कस्तो बनाउने, लोकतन्त्र, समाजवाद कस्तो बनाउने भन्ने प्रश्नसँग गाँसिएको हुँदा जनशक्ति, भोलिको कर्णधारहरुको लागि सक्षम जनशक्ति निर्माण गर्ने भएको हुँँदा यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढंगले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ । यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ ।’
उनले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए । उनले १२ कक्षा सम्मको विद्यालय शिक्षालाई कसरी एकरुपतामा लैजाने ? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने ? भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा
स्थानीय स्रोतको उपयोगमा नेता शर्माको जोड
प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन : जनार्दन शर्मा