काठमाडौँ । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले संसदीय समितिलाई बन्दी बनाउन नहुने बताएका छन् । मङ्गलवार समितिको बैठकमा बोल्दै उनले लेखा समितिले सरकारको छायाको रूपमा काम गरेको आरोप लगाए ।
भूमिसम्बन्धी अध्यादेशमा सुकुम्वासीलाई जग्गा दिने कुरा मात्रै उल्लेख भएको भन्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षामा प्रश्न उठाए । साथै आइपीओ प्रिमियममा निकाल्न पाउने व्यवस्था त्यसमा भएको भन्दै उनले घाटमा गएका कम्पनीले पनि आइपीओ निकाले जनता मारमा पर्ने बताए ।
साथै लेखा समितिले गरेका निर्णय र निर्देशन के भएका छन् भन्ने कुनै जानकारी नपाइएको भन्दै उनले सत्ता पक्षको सभापति हुँदा नहुने रहिछ भन्ने यहीबाट पुष्टि भएको शर्माले बताए । उनले लेखा समितिको सभापति विपक्षीलाई दिन पनि माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताले हामीबाट सुधार खोजेका छन्, सच्चाउन आवश्यक छ : जनार्दन शर्मा
उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ : जनार्दन शर्मा
पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन : जनार्दन शर्मा
दुई अभियान टुंग्याएर असारबाट विशेष महाधिवेशनमा केन्द्रित हुन्छौं : जनार्दन शर्मा
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा