काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टीको मूल नेतृत्व नबदलिएसम्म जनताका आवाज र आवश्यकता पूरा गर्न नसक्ने बताएका छन् ।
सोमबार झापाको कचनकवलमा आयोजित जनतासँग माओवादी तराई मधेस जागरण अभियानको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफूहरू जनताका कुरा सुन्न अभियान नै बनाएर अघि बढेको जिकिर समेत गरे ।
‘हामी तपाईंहरूको कुरा सुन्न आएका हौं । हामीले केही कामहरू पार्टी निर्माणको सन्दर्भमा यी अधुरा कामहरू कसले पूरा गर्ने त ? माओवादी मात्रै त्यस्तो पार्टी हो त्यसले मात्र गर्न सक्छ,’ शर्माले भने ।
तर, त्यसका लागि केही सर्तहरू रहेको उनले बताए ।
‘तर केही सर्त छन् । बिनासर्त माओवादीले पनि गर्न सक्दैन । त्यो भनेको माओवादीले आफैंले आफैंलाई रुपान्तरण गर्नुछ,’ शर्माले भने, ‘नेतृत्वको टिमले आफैंले आफैंलाई बदल्नु छ । त्यो बदल्न सक्ने होइन भने जनताको यो आवाजको नेतृत्व गर्न सकदैनौं । जनताको आवश्यकताको नेतृत्व गर्न सक्दैनौं ।’
जनताका धेरै कुरा पूरा गर्नुपर्ने आवश्यकता रहेको जिकिर गर्दै उनले पार्टी नेतृत्वको टिम नै बदलिनुपर्ने बताए ।‘जनताका धेरै कुरा पूरा गर्न बाँकी छ । त्यसका लागि पहिले माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको टिम बदलिनुपर्छ । यसले फेरि त्याग गर्न सक्नुपर्छ,’ उनले भने, ‘यदी लोभ र मोहमा फस्ने हो भने सक्दैन । त्यसकारण त्यागको शिक्षा लिन हामी तपाईंहरूकोमा आएका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई अभियान टुंग्याएर असारबाट विशेष महाधिवेशनमा केन्द्रित हुन्छौं : जनार्दन शर्मा
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा
विद्युत् अनुमतिपत्र होल्ड र बिक्री गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ : जनार्दन शर्मा
‘जनयुद्ध’ शब्द प्रयोग गर्न सर्वोच्चले रोक लगाउनु लोकतन्त्रको उपहास हो : जनार्दन शर्मा