काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले असारबाट पार्टीको विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन्। पार्टीको नागार्जुन नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा विचार, राजनीति, विधि, पद्धति, संगठन र नेतृत्व प्रणालीबारे छलफल भएको बताए।
उनले भने, ‘अब समाजवादी क्रान्तिका लागि नयाँ नीति र योजना बनाउनको लागि आगामी मंसिरमा बिशेष महाधिवेशन गर्ने निर्णय भएको छ। हामी असारबाट बिशेष महाधिवेशनको तयारीमा लाग्नेछौं। असारसम्म हुलाकी राजमार्ग केन्द्रित अभियान गर्छौ। बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्छौँ।’
केन्द्रीय कमिटीको बैठकमा वैचारिक, विधि, पद्धति र संगठनको संरचनालाई नयाँ ठाउँमा पुर्याउँनको लागि बिशेष महाधिवेशन गर्न लागेको बताए। उनले पहिलोबाट तेस्रो पार्टी बन्नुको कारणबारे समीक्षा गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १६ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनताले हामीबाट सुधार खोजेका छन्, सच्चाउन आवश्यक छ : जनार्दन शर्मा
उथलपुथल छाडेर आत्मसमीक्षासहितको श्वेतपत्र जारी गरौँ : जनार्दन शर्मा
पार्टी नेतृत्व नबदलिए जनताका आवाज नेतृत्व गर्न सकिँदैन : जनार्दन शर्मा
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छ : जनार्दन शर्मा
संसदीय समितिलाई बन्दी बनाउनु हुँदैन : जनार्दन शर्मा
विप्लव र मेरोबिच फाटो ल्याउन भ्रम छरिए : जनार्दन शर्मा