काठमाडौं। ललितपुरमा रहेको देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पीडितहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।
संस्थाकै अध्यक्षसहित पदाधिकारीहरूले नै रकम हिनामिना गरेको जाहेरीका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक निवासी रवीन्द्र चौलागाईंलाई पक्राउ गरेपछि आफ्नो रकम हिनामिना भएको भए बेहोरा उल्लेख गरी उजुरी दिन सीआईबीले बचतकर्ताहरूमा अनुरोध गरेको हो ।
सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले अहिलेसम्म पीडितहरूबाट रु साढे चार करोड ठगी भएको भनेर उजुरी प्राप्त भएकाले बाँकी कोही पीडित भए सम्पर्कमा आउनका लागि सूचित गरिएको जानकारी दिए ।
उक्त सहकारीका पदाधिकारीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई तीनको रकम मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएर अध्यक्षसहितका पदाधिकारीहरूले हिनामिना गरेका थिए ।
सहकारीबाट मासिक तथा त्रैमासिक र वार्षिकरुपमा ब्याज पाइने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावाँ र ब्याज फिर्ता पाइने विश्वासका साथ बचतकर्ताले रकम जम्मा गरेका थिए तर बचत गरिएको रकमको सावाँ र ब्याज फिर्ता नदिई हिनामिना गरेपछि पीडितहरू प्रहरीमा आइपुगेका थिए ।
पटक-पटक ताकेता गर्दा पनि फिर्ता नदिएर आफ्नो निक्षेप जोखिममा पारेपछि पीडतहरूले उजुरी दिएका प्रहरीले जनाएको छ ।अहिलेसम्म प्राप्त उजुरीमा रु चार करोड ५० लाख अपचलन र हिनामिना गरेको उल्लेख रहेको सीआईबीका प्रहरी उपरीक्षक अधिकारीले बताए । सीआईबीले तुलसी सहकारी, शिवशिखरलगायत विभिन्न सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र
पाँच महिनामै सीआईबी प्रमुख सरुवा गर्न प्रस्ताव
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्यो मुद्दा
सीआईबीमा कार्यरत चार इन्स्पेक्टर हटाइए
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा