काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् ।
मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ ।उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् ।
ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
अहिले प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा कार्यरत बज्राचार्यलाई सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको विभागीय कारबाहीको सिफारिस गरेको थियो ।
६० किलो सुनको अनुसन्धानमा त्रुटि गरेको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा उनलाई दोषी किटान गरेको थियो । तर, उनलाई सरकारले कारबाही गर्नुको साटो काठमाडौँ उपत्यकाको सुरक्षा कमान्ड सुम्पिने तयारी गरेको भन्दै प्रहरीका उच्च अधिकृतहरू असन्तुष्ट बनेका छन् ।
एआईजी ज्ञवालीलाई ब्युरोबाट हटाएर प्रदेश समन्वय विभाग र डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशीलाई बढुवा नियुक्ति गरेर कार्य विभागका पदस्थापन गर्न प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ साउन २०८१, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र
नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिनामा सीआईबीले दायर गर्यो मुद्दा
सीआईबीमा कार्यरत चार इन्स्पेक्टर हटाइए
सीआईबी प्रमुख किरण बज्राचार्यको सरुवा