काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् । ९२ मत गणना गर्दा साहले ५२ मत प्राप्त गरेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले ३८ मत पाएका छन् । त्यस्तै, अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।
यस्तै, उपाध्यक्ष पदका उम्मेदवार टेकराज पछाई ४६ मत प्राप्त गरेका छन् भने लालबहादुर महतारा ३३ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष पदका अर्का उम्मेदवार दानसिंह परिवार ११ मत पाएका छन् । यस्तै, सचिव पदका उम्मेदवार ध्रुवबहादुर शाहीले ६५, रुद्रबहादुर शाहीले २७ मत पाएका छन् ।
उपसचिव पदमा रवीन्द्रराज शर्माले ३८, रमेश बहादुर शाहीले ३१, पद्मा खड्का २३ र मेनका पछाईले १८ मत प्राप्त गरेका छन् । एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको मतगणना सोमबार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ असोज २०८०, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई
भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने