काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन् ।
दुई–अढाई वर्ष समाजवादी मोर्चालाई सरकार चलाउन दिने र बाँकी दुई–अढाई वर्ष काँग्रेसले एक्लै सरकार चलाउने उनको प्रस्ताव छ ।सत्तारुढ गठबन्धनमा माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । त्यसअनुसार अहिले ‘प्रचण्ड’ सरकारमा सबै दल सहभागी छन्, त्यसपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्नेछ ।
यसरी सरकार चलाउँदा सरकारको गुण र दोषको कसैले पनि जिम्मा नलिने अवस्था आएको भन्दै काँग्रेस महामन्त्री थापाले गठबन्धन गर्ने, तर एक्ला एक्लै सरकार चलाउने प्रस्ताव अघि सारेका हुन् ।
काँग्रेस रूपान्तरण अभियानले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा महामन्त्री थापाले समाजवादी मोर्चालाई एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरे । गठबन्धनको राजनीतिबारे नयाँ ढङ्गले छलफल गर्नुपर्ने भन्दै उनले भने, ‘काँग्रेसको सबै मन्त्री फिर्ता बोलाऊँ । दुई अढाई वर्ष मोर्चालाई चलाउन दिऊ ।’
यो अवधिमा ‘प्रचण्ड’ मात्र प्रधानमन्त्री हुने कि माधव नेपाललाई पनि बनाउने समाजवादी मोर्चाले नै निर्णय गर्ने भन्दै उनले भने, ‘हामी फ्लोरबाट समर्थन गर्ने, तलमाथि नगर्ने । जहाँ असहमति जनाउनुपर्ने हो, जनाउने, जहाँ सहमति जनाउनुपर्ने हो, सहमति जनाउने । उहाँहरूले (सरकार) चलाउनु हुन्छ ।’
महामन्त्री थापाले ‘त्यसपछिको दुई–अढाई वर्ष काँग्रेसले चलाउन पाउनुपर्छ । काँग्रेसले एक्लै चलाउँछ, जस भए पनि काँग्रेसले लिन्छ, अपजस भए पनि काँग्रेसले लिन्छ ।’
यसरी सरकार नचलाउने हो भने ०८४ को चुनावमा पुग्दा पछिल्लो ४–५ वर्षमा भएका काम कारबाहीको कुनै पनि दलले जिम्मेवारी नलिने अवस्था आउने उनले बताए ।
‘यो दुई वर्ष हामीले केही भएन भन्ने भयौँ, त्यसपछिको दुई वर्ष उनीहरूले केही भएन भन्ने भए’, काँग्रेस महामन्त्री थापाले भने, ‘त्यसो भए यो चार/पाँच वर्षको देशको जिम्मा चाहिँ कसले लिन्छ त ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असोज २०८०, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्बन व्यापार र जलवायु वित्तमा सुखद् शुरूआत : गगन थापा
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ : गगन थापा
संविधान संशोधन सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा : गगन थापा
भ्रष्टाचार अनुसन्धानमा हदम्याद नराखौं : गगन थापा
'प्रचण्ड' को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण: महामन्त्री गगन थापा