जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो : नेमकिपा

सफल खबर संवाददाता

आइतबार, १४ असोज २०८०, १५ : ०६
जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो : नेमकिपा

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन् ।विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘ जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो ।

यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन् ।’आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने सांसद सुवालको माग रहेको छ ।