काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको सहकारीको खर्बौं रकम सैन्य संगठन नाटो देशको हितमा गएको भन्ने सार्वजनिक भएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सहकारी संस्थाको रकम जिल्ला, प्रदेश र महासङ्घ हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशको हितमा प्रयोग भएको जिकिर गरे । उनले सरकारले खारेज गर्न लागेको सत्र हजार सहकारी संस्थामा रकम जम्मा गरेको पीडितको वचत कसरी फिर्ता गर्ने भन्दै सरकारसँग प्रश्न गरे ।
सर्वसाधारणको वचत हिनामिना गर्ने सहकारी बैंक तथा सहकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति रोक्का गरी जनताको वचत फिर्ता गराउनु पर्ने उनको भनाइ छ ।
उनले भने, ‘सहकारीमा चार खर्ब लगानी, स्रोतको छैन निगरानी । नेपालका सहकारी संस्थाको खबौँ रुपैयाँ जिल्ला, प्रदेश र महासङ्घ बनाएर सहकारी बैंक हुँदै साम्राज्यवादीहरुको सैन्य संगठन नाटो देशहरुको हितमा गएको सार्वजनिक भयो ।
सत्र हजार संख्याको सहकारी संस्था खारेज हुने सार्वजनिक भयो । ती सहकारी संस्थामा बजच ठगीमा परेका पीडितहरुको बचत फिर्ता कसरी हुने हो ? सम्बन्धित जिल्ला, प्रदेश, महासङ्घ र सहकारी बैंकमा रहेका पदाधिकारीहरु र डुबेका सहकारी संस्थाका पदाधिकारीहरुलाई जनताको वचत फिर्ता गराउन तिनीहरुको सम्पती र लगानी रोक्का गर्नुपर्छ र पासपोर्ट जफत गर्नु जरुरी छ ।
सांसद सुवालले राष्ट्रपति वा प्रधानमन्त्री बन्नुभन्दा देशको हित हेर्नु महत्वपूर्ण भएको बताए । सरकारले जनताबाट उठाएको करले मात्रै काम गर्न नसक्ने हुँदा देश र जनताको सेवा गर्न उद्योग, व्यवसाय गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्यूटावर फोहोर गर्ने र युवाले लागुपदार्थ खाने थलो बने :सांसद सुवाल
सरकारले जिल्ला समन्वय समिति खारेज गर्नुपर्छ : प्रेम सुवाल
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ : प्रेम सुवाल
सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छः सांसद सुवाल