काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन शुरू भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।
विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनले भने, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारवाही गर्न निर्देशन पनि दिएको छ ।
आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
डोल्पाका स्थानीय तह काठमाडौं महानगरसँग जोडिँदै
सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पठायो पत्र
३३ हजार वर्गमिटरमा ढुङ्गा बिछ्याउँदै काठमाडौं महानगर
शहीदको सपना पूरा गर्न नेतृत्वहरू एकै ठाउँमा उभिनु आवश्यक : सुनिता डंगोल
स्थानीय सरकारले जनतालाई आफ्नोपनको आभाष गराउनुपर्छ : सुनिता डंगोल