काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारले जनचाहना अनुसार काम गर्न केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको बताएका छन् ।
बुधबार संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले संविधानले दिएका अधिकार पनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिन नचाहेको बताएका हुन् ।
’सङ्घीयता फेल भयो भने केन्द्र सरकारकै कारणले हुन्छ’, उनले भने, ’अधिकार बाँडफाँटमा संकुचित हुनुभएन । जे–जे लेखिएको छ त्यही अनुसार काम गर्न पाउनुपर्छ ।’मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असोज २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण अन्तिम चरणमा
कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी
लुम्बिनीमा विपद्बाट पाँच करोडभन्दा धेरैको क्षति
लुम्बिनीका कांग्रेस सांसद केसी रकम भुक्तानी गरेर रिहा
लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री लीला गिरी बन्ने
लुम्बिनीका मुख्यमन्त्री महराले आइतबार विश्वासको मत लिने