काठमाडौं । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ । आईतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन ।
मन्त्री ज्वालाका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।
मन्त्री ज्वालाले सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारले पहिलो पटक मनायो संविधान दिवस
टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
ओमानमा मनाइयो नेपालको राष्ट्रिय दिवस र संविधान दिवस
संविधान दिवस तीन दिन मनाइने