काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।
नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भएपनि लागू हुन नदिने चेतावनी दिए । उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको बिरोधमा आफूहरुले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे । उनले परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उहाँले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए।
नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँमा बिरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संविधान संशोधनको नौटङ्गी गरेको मोहन वैद्य पार्टीको आरोप
मोहन वैद्यको स्वास्थ्य सुधारोन्मुख
मोहन वैद्यको आईसीयूमा उपचार हुँदै
क्रान्तिकारी कम्युनिस्ट पार्टी बिचको एकता ऐतिहासिक महत्वको छ : मोहन वैद्य
मोहन वैद्यको क्रान्तिकारी कम्युनिष्ट र मशालबीच एकता घोषणा
प्रतिक्रियावादीहरुले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्न खोजे : मोहन वैद्य