भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरुले सरकारमाथि आक्रमण गर्न खोज्दैछन् : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १६ : ४९
भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरुले सरकारमाथि आक्रमण गर्न खोज्दैछन् : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, तस्करीको अन्त्य नगरीसम्म समृद्धिको सपना पूरा नहुने भएकाले सुशासनको अभियान चलाएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरुमा अहिले अब देश बन्छ भन्ने आशा पलाएको दाबी गरे ।

उनले भने, ‘अहिले भ्रष्टाचार, तस्करी र कमीसनखोरीमा संलग्नभएकाहरु आतंकित भएका छन् । तीनको रक्षा गर्न खोज्नेहरु सरकारलाई आक्रमण गर्न खोज्दैछन् । प्रधानमन्त्रीको नेतृत्वमा गृहमन्त्रालयले थालेको कामलाई असफल बनाउनको लागि आक्रमण गर्न खनिएका छन् ।’

देशलाई समृद्ध बनाएपछि मात्रै पार्टीको औचित्य पूरा हुने भएकाले अहिले सरकारले थालेको अभियानबाट आफूहरु पछि नहट्ने बताए । जतिसुकै आक्रमणको प्रयास भएपनि जनताको समर्थनलाई अगाडि राखेर अघि बढेपछि आफूहरु सफल हुने बताए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार, आफ्नो गृहमन्त्री पदको निरन्तरता र भ्रष्टाचारी, तस्करी र कमिसनखोरीको निरन्तरता साथसाथै जान नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस